नेपालगञ्ज उप-महानगरपालिका र द मदर फाउण्डेशनको संयुक्त आयोजनामा “इस्लामिक कला र संस्कृतिको संरक्षण तथा संवर्धन” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपालगञ्जकी शिफात सिद्दीकी इस्लामिक कलाको क्षेत्रमा योगदान दिएकोमा सम्मानित भएकी छिन्। सम्मान ग्रहण गर्दै उनले भनिन् —

**”मलाई अझ अघि बढ्ने हौसला मिल्यो भने म अझ राम्ररी सिकेर केही उल्लेखनीय काम गर्न सक्छु। म मेरो नेपाल र नेपालगञ्जको नाम उज्यालो बनाउने दृढ संकल्प लिएको छु !

उनको यो भनाइले युवापुस्तामा प्रेरणा जगाउने छ र इस्लामिक कला तथा संस्कृति प्रतिको समर्पणलाई अझ मजबुत बनाउनेछ।कार्यक्रममा नगर प्रमुख श्री प्रशान्त विष्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा नेपालमा इस्लामिक कला प्रतिष्ठान स्थापनाका साथै नेपाली हजयात्री व्यवस्थापन ऐन निर्माणका लागि पूर्व न्यायाधीश डा. सलाहुद्दीन अख्तर सिद्दीकीको संयोजकत्वमा मसौदा समिति गठन गर्ने निर्णय गरिएको छ।

सो प्रस्तावलाई कार्यान्वयन गर्न गृहमन्त्रालयमा प्रक्रिया अघि बढाउने निर्णय समेत पारित गरिएको छ।