“नेपालगन्जमा ‘सेभेन’ र ‘मयुरा’ क्याफे: स्वादसँगै समाजसेवा”

नेपालगन्ज-१०, गणेशमानचोकमा शुक्रबारदेखि दुई नयाँ क्याफे, ‘सेभेन’ र ‘मयुरा’, सञ्चालनमा आएका छन्। वरिष्ठ चिकित्सक डा. निना श्रेष्ठले यी क्याफेको उद्घाटन गर्नुभयो।

सञ्चालकहरूका अनुसार, यी क्याफेहरू अन्यभन्दा फरक र विशेष छन्। आकर्षक बगैंचा र सुन्दर इन्टेरियर डिजाइनले सजिएका यी क्याफेहरूमा ग्राहकहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै चिया, कफी र विभिन्न खानाका परिकार उपलब्ध छन्।

यी क्याफेको मुख्य विशेषता भनेको आम्दानीको १५% च्यारिटीमा खर्च गर्नु हो। गोपाल-निना फाउन्डेसनमार्फत उक्त रकम शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा खर्च गरिनेछ। वरिष्ठ पत्रकार पूर्णलाल चुकेका अनुसार, नेपालगन्जका वरिष्ठ चिकित्सक डा. गोपाल श्रेष्ठ र निना श्रेष्ठको नाममा यो फाउन्डेसन स्थापना गरिएको हो, जुन सामाजिक कार्यमा सक्रिय रहेको छ।

सामाजिक कार्यको उद्देश्यसहित सञ्चालनमा आएका यी क्याफेहरूमा सबै प्रकारका सेवाग्राही जान सक्नेछन्।

By Nepalgunj Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts