रतन टाटाको ८६ वर्षको उमेरमा निधन

एजेन्सी । टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार राति करिब ११ बजे निधन भएको हो उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन कक्षकोमा भर्ना गरिएको थियो  । 

टाटाको पार्थिव शरीर नरिमन पोइन्टस्थित नेशनल सेन्टर फर परफॉर्मिङ आर्ट्समा राखिएको छ। यहाँ मानिसहरूले साँझ ४ बजेसम्म अन्तिम दर्शन गर्न पाउनेछन्। बेलुकी राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ ।

पद्मविभूषण र पद्मभूषण सम्मानित रतन टाटालाई पनि अक्टोबर ७ मा आईसीयूमा भर्ना गरिएको बताइएको छ । तर, उनले आफैं यो कुरालाई अस्वीकार गर्दै आफू ठिक रहेको र नियमित चेकअपका लागि अस्पताल पुगेको बताएका थिए । 

रतन टाटा

हाल टाटा मोटर्सले विद्युतीय सवारी साधन (ईभी) उत्पादनमा उल्लेखनीय प्रगति गरेको छ। सन् २०२० मा सार्वजनिक टाटा नेक्सन ईभीले भारतलगायत विभिन्न देशमा लोकप्रियता कमायो। त्यसपछि टाइगर ईभी, टियागो ईभी, र पन्च ईभी जस्ता मोडेल पनि बजारमा आएका छन्।

रतन टाटाको नेतृत्वमा टाटा समूहले सूचना प्रविधि क्षेत्रमा पनि ठुलो योगदान पुर्‍याएको छ। टाटा कन्सल्टेन्सी सर्भिसेजले विश्वभर सफ्टवेयर विकास, आईटी कन्सल्टेन्सी, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा, र डेटा एनालिटिक्स सेवाहरू प्रदान गर्दै आएको छ।

रतनले १९९१ देखि २०१२ सम्म टाटा समूहको अध्यक्षको रूपमा सेवा गरे, जहाँ अन्तर्राष्ट्रिय बजारमा टाटा समूहले ठुलो सफलता प्राप्त गर्‍यो। सादगीपूर्ण जीवनशैलीका कारण उनी ‘धर्मनिरपेक्ष जीवित सन्त’ को रूपमा पनि चिनिन्थे।

By Nepalgunj Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts