अन्य

” एक महिनासम्म मुसलमानहरूको उपवास यात्रा”

” एक महिनासम्म मुसलमानहरूको उपवास यात्रा”

"इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान एक महिनासम्म उपवास, इबादत, आत्मसंयम, र दान–पुण्यको विशेष अवसर" रमजान भनेको के हो? रमजानमा के हुन्छ र किन मनाइन्छ? रमजान इस्लाम धर्मावलम्बीहरूको लागि एक पवित्र महिना हो, जसलाई अरबी पात्रोअनुसार नवौं महिनाका रूपमा चिनिन्छ। यो महिनालाई मुसलमानहरूले उपवास (रोजा), प्रार्थना (नमाज), र दान–पुण्य (जकात) गरेर विशेष रूपमा मनाउँछन्। रमजानमा के हुन्छ? १. उपवास (रोजा) – मुसलमानहरू सूर्योदयदेखि सूर्यास्तसम्म केही नखाई उपवास बस्छन्। 2. सहरी र इफ्तार – बिहान सूर्योदय हुनु अगाडि सहरी गरिन्छ, र बेलुका सूर्यास्तपछि इफ्तार गरेर उपवास खोलिन्छ। 3. नमाज र तिलावत – पाँच पटकको नियमित नमाजसँगै तरावीह नमाज पनि विशेष रूपमा पढिन्छ।…
Read More
“नेपालगन्जमा ‘सेभेन’ र ‘मयुरा’ क्याफे: स्वादसँगै समाजसेवा”

“नेपालगन्जमा ‘सेभेन’ र ‘मयुरा’ क्याफे: स्वादसँगै समाजसेवा”

नेपालगन्ज-१०, गणेशमानचोकमा शुक्रबारदेखि दुई नयाँ क्याफे, 'सेभेन' र 'मयुरा', सञ्चालनमा आएका छन्। वरिष्ठ चिकित्सक डा. निना श्रेष्ठले यी क्याफेको उद्घाटन गर्नुभयो। सञ्चालकहरूका अनुसार, यी क्याफेहरू अन्यभन्दा फरक र विशेष छन्। आकर्षक बगैंचा र सुन्दर इन्टेरियर डिजाइनले सजिएका यी क्याफेहरूमा ग्राहकहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै चिया, कफी र विभिन्न खानाका परिकार उपलब्ध छन्। यी क्याफेको मुख्य विशेषता भनेको आम्दानीको १५% च्यारिटीमा खर्च गर्नु हो। गोपाल-निना फाउन्डेसनमार्फत उक्त रकम शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा खर्च गरिनेछ। वरिष्ठ पत्रकार पूर्णलाल चुकेका अनुसार, नेपालगन्जका वरिष्ठ चिकित्सक डा. गोपाल श्रेष्ठ र निना श्रेष्ठको नाममा यो फाउन्डेसन स्थापना गरिएको हो, जुन सामाजिक कार्यमा सक्रिय रहेको छ। सामाजिक…
Read More
हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

बाँके । नेपालगन्ज उपमहानगरपालिका-१२ बेलासपुरबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका-१८ बस्ने २९ वर्षीय राजेश भुजु श्रेष्ठ, सोही उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय सोयब कादरी हलवाई, कोहलपुर नगरपालिका-७ बस्ने २९ वर्षीय निम बहादुर बोहरा र नेपालगन्ज उपमहानगरपालिका-३ बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-७ घर भएका ३० वर्षीय राहुल देवल रहेका छन् ।  बेलासपुरस्थित नविल रेफ्रिजिरेटर एन्ड एयर कन्डिसन वर्कसप नामको टिभी फ्रिज मर्मत गर्ने पसलमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पसलबाट नगद २४ लाख ६२ हजार ३ सय १५ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो । यस…
Read More
“अर्थव्यवस्थाप्रति बढ्दो निराशा चिर्न प्रधानमन्त्रीको प्रयास”

“अर्थव्यवस्थाप्रति बढ्दो निराशा चिर्न प्रधानमन्त्रीको प्रयास”

५ मंसिर, काठमाडौं । अर्थतन्त्रका केही सूचक सकारात्मक भएपनि सरकारले निजी क्षेत्रको विश्वास गुमाएको र जनअपेक्षा अनुसार काम गर्न नसक्दा सर्वसाधारणमा रहेको आक्रोशलाई अहिलेको राजनीतिक व्यवस्थाविरोधी शक्तिले भड्काउने प्रयास गरिरहेका बेला प्रधानमन्त्रीले मंगलबार ‘सर्वपक्षीय’ बैठक राखे । राजनीतिक दल, निजी क्षेत्र, अनि अर्थविदहरुलाई बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्याबारे आफू चिन्तित रहेको मात्र सन्देश दिएनन्, राजनीतिक व्यवस्थामाथि प्रश्न उठाउनेहरुको मिलेर जवाफ दिनुपर्नेमा समेत जोड दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिंहदरबारमा भएको छलफलको सुरुमै उनले भनेका थिए, ‘अहिले गत सालबाट यहाँसम्म आउँदा अर्थतन्त्रका कयौं इन्डिकेटरहरु सकारात्मक देखिएका छन्, तर अर्थतन्त्र दबावमुक्त भयो भन्ने ठाउँमा पुगेको छैन ।’…
Read More