
“अर्थव्यवस्थाप्रति बढ्दो निराशा चिर्न प्रधानमन्त्रीको प्रयास”
५ मंसिर, काठमाडौं । अर्थतन्त्रका केही सूचक सकारात्मक भएपनि सरकारले निजी क्षेत्रको विश्वास गुमाएको र जनअपेक्षा अनुसार काम गर्न नसक्दा सर्वसाधारणमा रहेको आक्रोशलाई अहिलेको राजनीतिक व्यवस्थाविरोधी शक्तिले भड्काउने प्रयास गरिरहेका बेला प्रधानमन्त्रीले मंगलबार ‘सर्वपक्षीय’ बैठक राखे । राजनीतिक दल, निजी क्षेत्र, अनि अर्थविदहरुलाई बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्याबारे आफू चिन्तित रहेको मात्र सन्देश दिएनन्, राजनीतिक व्यवस्थामाथि प्रश्न उठाउनेहरुको मिलेर जवाफ दिनुपर्नेमा समेत जोड दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिंहदरबारमा भएको छलफलको सुरुमै उनले भनेका थिए, ‘अहिले गत सालबाट यहाँसम्म आउँदा अर्थतन्त्रका कयौं इन्डिकेटरहरु सकारात्मक देखिएका छन्, तर अर्थतन्त्र दबावमुक्त भयो भन्ने ठाउँमा पुगेको छैन ।’…