
प्रतिपक्षी दलले सरकारलाई ज्ञापनपत्र बुझाउन कार्यदल गठन
काठमाण्डौ – विपक्षी दलहरूले सरकारलाई दबाब दिन ज्ञापनपत्र बुझाउने र संसद्को विशेष अधिवेशन बोलाउन तयारी गर्न कार्यदल गठन गरेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको बैठकमा यो निर्णय गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले यो जानकारी दिनुभएको हो। कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपाका शिशिर खनाल, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राप्रपाका एक जना प्रतिनिधि सहभागी हुनेछन्। कार्यदलले आइतवारसम्म ज्ञापनपत्र तयार पारेर कात्तिक ५ गते प्रधानमन्त्रीलाई बुझाउने योजना बनाएको छ। साथै, संसद्को विशेष अधिवेशन बोलाउन आवश्यक तयारी पनि गर्नेछ। विपक्षी दलहरू सरकारलाई साना दल विभाजन गर्न अध्यादेश ल्याउन नदिन विशेष अधिवेशनको माग…