
ड्रागन खेतीमा रमाइरहका चक्रबहादुर
Nepalgunj khabar २८ असोज, धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बण्ड मोतिपुरका चक्रबहादुर विष्टले लामो समय टिम्बर कर्पोरेशनमा काम गरे । वरिष्ठ सहायक पाचौं तहमा पुगेका उनले दुई वर्षअघि ३० असार २०७९ मा अनिपार्य अवकास पाए । विष्टले सेवा निवृत्त हुनु अगावै २०७८ सालमा विष्टले ड्रागन खेतीमा राम्रो सम्भावना देखेको थिए । त्यसैले सेवा निवृत्त भएपछि दुई कठ्ठा क्षेत्रफलमा ड्रागन खेती सुरु गरे । ‘टिम्बर कर्पोरेशनको जागिरबाट रिटायर भएपछि खाली हात के बस्ने भन्ने लागेको थियो,’ विष्टले भने, ‘ड्रागनले कम लगानीमा राम्रो प्रतिफल दिन्छ भनेर सुरुवात गरिएको हो । अहिले राम्रो भइरहेको छ ।’ अहिले विष्टले पौने आठ कठ्ठा जमिनमा ड्रागन…