काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीहरूको व्यापक सरुवा गरेको छ ।
एउटै कार्यालयमा दुई–दुई वर्ष पुरा भएका २१८ जान कर्मचारीको सरुवा गरेको हो । मन्त्रालयले ४७ जना उपसचिव, १२२ जना शाखा अधिकृत र ४९ जना नायब सुब्बाको सरुवा गरेको हो ।
मन्त्रालयका उपसचिव लक्ष्मी कुमार खड्कालाई चिकित्सा शिक्षा आयोगमा काजमा खटाएको छ । त्यस्तै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निलकण्ठ ढकाललाई शिक्षा मन्त्रालयमा तानेको छ ।
त्यस्तै मन्त्रालयका उपसचिव गौरीशंकर पाण्डेलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशकमा सरुवा गरेको छ । त्यस्तै मन्त्रालयका उपसचिव विष्णु प्रसाद भट्टराईलाई शिक्षा विकास तथा समन्वय इकाई चितवनको प्रमुख बनाएर पठाएको छ ।
केन्द्रमा निर्देशक तथा सूचना अधिकारी सुरेशकुमार जोशीलाई मन्त्रालय तानेको छ । गिरमान थापालाई राष्ट्रिय किताबखाना, सबिता दंगाल गौतमलाई युवा खेलकुद मन्त्रालय, गोविन्दराज पोखरेललाई राष्ट्रिय परीक्षा बोर्ड, अर्जुन ढकाललाई चिकित्सा शिक्षा आयोग, रामचन्द्र शर्मालाई शिक्षक सेवा आयोगमा सरुवा गरेको छ ।