
दसौं राष्ट्रिय खेलकुद : तयार भए तीन क्रिकेट मैदान
सुर्खेत — दसौं राष्ट्रिय खेलकुदको तयारीसँगै धमाधम खेल संरचना तयार भएका छन् । मंसिरमा हुने भनिएको दसौं राष्ट्रियका लागि सुर्खेतमा दुई क्रिकेट मैदान तयार भएको छ भने रुकुम पश्चिमको क्रिकेट मैदान निर्माणाधीन अवस्थामा छ । दान निर्माणाधीन अवस्थामा छ । कर्णाली प्रदेश खेलकुद परिष्दका अनुसार वीरेन्द्रनगरमा बनेका दुई मैदान सञ्चालनमा आइसकेको छ । ७ सय मिटरको दुरीमा बनेका दुई मैदानमा महिला र पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुनेछ । सुर्खेतमा बनेको मैदानमा प्रतियोगिता हुनेछ भने रुकुम पश्चिममा बनेको मैदानलाई प्रशिक्षणका रूपमा प्रयोग गर्न सकिने प्रदेश खेलकुदले जनाएको छ । महिला क्रिकेट मैदानमा इन्डोर प्रशिक्षण हल र आउटडोर प्रशिक्षण पिचसहित तयार भएको छ । ६५ मिटर रेडियसको क्रिकेट मैदानलाई…