
इस्लामिक कला र संस्कृतिको संरक्षण तथा संवर्धन” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपालगञ्ज उप-महानगरपालिका र द मदर फाउण्डेशनको संयुक्त आयोजनामा “इस्लामिक कला र संस्कृतिको संरक्षण तथा संवर्धन” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपालगञ्जकी शिफात सिद्दीकी इस्लामिक कलाको क्षेत्रमा योगदान दिएकोमा सम्मानित भएकी छिन्। सम्मान ग्रहण गर्दै उनले भनिन् — **"मलाई अझ अघि बढ्ने हौसला मिल्यो भने म अझ राम्ररी सिकेर केही उल्लेखनीय काम गर्न सक्छु। म मेरो नेपाल र नेपालगञ्जको नाम उज्यालो बनाउने दृढ संकल्प लिएको छु ! उनको यो भनाइले युवापुस्तामा प्रेरणा जगाउने छ र इस्लामिक कला तथा संस्कृति प्रतिको समर्पणलाई अझ मजबुत बनाउनेछ।कार्यक्रममा नगर प्रमुख श्री प्रशान्त विष्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा नेपालमा इस्लामिक कला प्रतिष्ठान स्थापनाका…