
नेपालगञ्जमा सञ्चालनमा आयो ‘सिनेरोयल’
नेपालगञ्जमा नयाँ मल्टिप्लेक्स हल ‘सिनेरोयल’ सञ्चालनमा आएको छ। डा. राहुल थापाको लगानीमा निर्माण भएको अत्याधुनिक सिनेमा हलको बिहीवार सफ्ट लन्चिङ गरिएको थियो। नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता राखेर हल निर्माण भएको कम्पनीले जनाएको छ। करिब २५ करोड लगानीमा बनेको हलमा तीनवटा स्क्रिनहरु रहेका छन्। Cine Royal Nepalgunj अत्याधुनिक प्रविधि, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गर्ने कम्पनीको दाबी छ। ३ ओटा अडिटोरियममा ५६० सिट संख्या रहेको छ। अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउण्ड सिस्टम पनि जडान गरिएको छ। प्रतिक्रिया दिनुहोस्