Nepalgunj british school

“बृटिश स्कुल नेपालगञ्जद्वारा कक्षा १० का विद्यार्थीलाई बिदाई कार्यक्रम”

“बृटिश स्कुल नेपालगञ्जद्वारा कक्षा १० का विद्यार्थीलाई बिदाई कार्यक्रम”

नेपालगञ्जस्थित बृटिश इङ्लिस बोर्डिङ स्कुलले बैशाख २५ गते कक्षा १० का विद्यार्थीहरूलाई एक अविस्मरणीय सांस्कृतिक कार्यक्रममार्फत बिदाई गरेको छ। बाइपासस्थित माउरी होटलमा आयोजित कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले गीत, नृत्य र मनछुने प्रस्तुतिमार्फत आफ्ना अग्रजहरूलाई आत्मीयता र सम्मानका साथ बिदाई गरे। विद्यार्थी जयन्द्र शाही र दक्षिणा शाहीले विद्यालयको सिकाइ र अनुशासनले आफूहरूलाई जीवनका लागि तयार पारेको उल्लेख गर्दै धन्यवाद ज्ञापन गरे। प्रधानाध्यापक हेमन्त राज काफ्लेले बिदाईलाई नयाँ सुरुवातको रूपमा लिन आग्रह गर्दै मेहनत र लगनशीलतामार्फत भविष्य उज्यालो हुने बताए। अध्यक्ष निरज शाहले यो कार्यक्रम केवल बिदाई नभई जीवनको अर्को अध्याय सुरु गर्ने अवसर भएको बताए। कार्यक्रममा भावनात्मक अभिव्यक्तिदेखि रमाइला प्रस्तुति…
Read More