Rajniti

राजनीति सफा नगरी देश सफा हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

राजनीति सफा नगरी देश सफा हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

२८ जेठ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली राजनीति भित्र प्रसस्त विकृति रहेको स्वीकार गर्दै त्यसलाई सफा गर्ने जिम्मेवारी आफूहरुको भएको बताएका छन् । आइतबार राजधानीमा राष्ट्रिय युवा परिषदले आयोजना गरेको नमूना संयुक्त राष्ट्रसंघीय महासभा अभ्यास कार्यक्रमको उद्घाटन समारोहमा  मन्त्री श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश सफा गर्न नसकिने बताए । उनले अहिलेको लोकतन्त्रमा पनि नागरिकका आवश्यकता पूर्ति हुन नसकेको स्वीकार गरे । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले राजनीतिबाट भागेर लोकतन्त्र र हालसम्मका राजनीतिक उपलब्धि बचाउन नसकिने भन्दै राजनीतिमै रहेर देश परिवर्तन गर्न युवाहरुलाई आग्रह गरे । गृहमन्त्री श्रेष्ठले १२ कक्षा पास गरिसकेपछि विदेश जानेक्रम नेपालका लागि संस्कृति…
Read More