सुर्खेत — राष्ट्रपति रामचन्द्र पौडेल बडिमालिका दर्शनका लागि बुधबार सुर्खेत आइपुगेका छन् । उनले बिहीबार बडिमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिर उद्घाटनको कार्यक्रम छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आइपुगेका राष्ट्रपति पौडेल आज राति सेनाको उत्तरपश्चिम हेडक्वार्टरमा बास बस्ने नेपाली सेनाले जनाएको छ । उनलाई सुर्खेत विमानस्थलमा कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, नेपाली कांग्रेस उपसभापति एवं पूर्वमन्त्री पूर्णबहादुर खड्कालगायतले स्वागत गरेका छन् ।
राष्ट्रपतिको साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेसहित १० जना सहभागी छन् ।