

बाँके: प्रख्यात गायिका विष्णु माझीको ‘घरबार’ यस वर्ष धेरै हेरिने तीज गीत बनेको छ।
एलिना चौहानको ‘नौरती फुली’ लाई उछिन्दै ‘घरबार’ यो यस वर्ष धेरै तीज गीत बन्न सफल भएको हो। सार्वजनिक भएको १३औं दिनमा ‘घरबार’ ले यो रेकर्ड बनाएको छ।
यसअघि साउन १ गते सार्वजनिक भएको ‘नौरती फुली’ भ्युजले अगाडि थियो। तीजको अघिल्लो दिन करोड भ्युज पाएको यो गीत यस वर्ष करोड क्लबमा प्रवेश गर्ने पहिलो तीज गीत हो।
मंगलबार साँझसम्म यो गीतले एक करोड १७ लाख ५० हजार भ्युज पाएको छ।एलिनाको भन्दा यो गीत ४२ हजारले अगाडि छ।
यो गीत गायिका विष्णुको चर्चित तीज गीति एल्बम ‘पुतलीको भट्टी’ भाग २२ मा समावेश छ। विष्णुको स्वर रहेको गीतमा विवाहित महिलाको पीडा र वेदना प्रस्तुत गरिएको छ।
गीतमा विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीको रचना तथा संगीत छ। गीतको भिडिओमा सुन्दरमणीसहित ललिता पौडेलको अभिनय देख्न सकिन्छ। सुन्दरमणिकै निर्देशनमा बनेको भिडिओका कोरियोग्राफर मौसम हिमाली हुन्।

