-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo

कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ !

  • नेपालगञ्ज खबर
  • २०८३ आश्विन २, शुक्रबार १५:२६ गते

बझाङ -जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पानकोट पुलको पश्चिमी किनारामा रहेको रेलिङ पाइपमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर नदीमा फालेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चर्चामा आएको थियो। उक्त भिडियो भाइरल भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।

प्रहरीको अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने महिला जयपृथ्वी नगरपालिका–३ पडेष गाउँकी ४२ वर्षीया बिमला देवी रोकाया रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रोकायालाई असोज १ गते बेलुकी पक्राउ गरिएको हो। पशुपन्छीप्रति निर्दयी व्यवहार गरेको घटनामा पक्राउ परेकी रोकायामाथि घटनाको कारण तथा अन्य विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा फैलिएपछि पशुप्रति हुने व्यवहार र पशु संरक्षणको विषयमा समेत विभिन्न प्रतिक्रिया सार्वजनिक भएका छन्।