

बाँके । नेपालगन्जमा प्रहरीले लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–३ का ३२ वर्षीय मोहम्मद हसिन अन्सारी र २५ वर्षीय समीर अहमद अन्सारी रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले नेपालगन्ज–३ बाट उनीहरूलाई ३५ ग्राम ९०० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हिरोइनसँगै ७३ हजार ७ सय रुपैयाँ नगद , ५ थान मोबाइल फोन र १ थान डिजिटल तराजुसमेत बरामद भएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

